एमाले नेता भन्छन् ‘बलिदान दिन्छु तर जिल्ला टुक्रिन दिन्न’

Posted By OS Nepal || Date: 30 November, 2016

75-districtकाठमाडौंः सरकारले संविधान संशोधनको नाममा प्रदेश नम्बर पाँचका विभिन्न जिल्ला टुक्राउने प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएको विरोधमा अर्घाखाँची बन्द भएको छ ।

जिल्ला टुक्राएको विरोधमा सत्तापक्ष नेपाली कांग्रेस, माओवादी केन्द्रसँगै विपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा लगायतका दलको समर्थनमा जिल्ला बन्द भएको हो ।
विरोध स्वरुप बन्दको घोषणा लगेसँगै अर्घाखाँची भएर चल्ने छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् । साथै जिल्लाका पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द छन् ।

जनताको भावनाविपरित सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई ४ नम्बर प्रदेशमा राखेको भन्दै उनीहरुले विरोध गर्ने बताएका छन् । सरकारको यो निर्णय फिर्ता नभएसम्म बन्द फिर्ता नहुने चेतावनी समेत दिएका छन् । स्ताव फिर्ता नलिएसम्म बन्द जारी रहने बताए ।

जिल्ला टुक्राएको विरोधमा बुधबार बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिएका छन् । विरोध प्रदर्शनमा उत्रिएका नेताहरुले संशोधन प्रस्ताव फिर्ता नभए ज्यानको बलीदान दिन तयार भएको तर जिल्ला टुक्राउन नदिने घोषणा गरिसकेका छन् ।

एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले भने, ‘फिर्ता नलिएसम्म विरोध जारी रहन्छ, म बलिदान दिन तयार छु तर जिल्ला टुक्रिन दिन्न ।’ उनले गाउँबाट जनता ल्याएर विरोध गर्ने समेत बताएका छन् । ‘गाउँबाट जनता सडकमा उतार्छौं । आन्दोलनको आँधिबेहेरी ल्याउँछौ,’ उनले भनेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!