नेपाली सेना भित्र आत्महत्याका घटना बढ्दो, सुतेर नबस्न सेनालाई सावधानी

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं, मंसिर १५ – अघिल्लो साता ८ र ९ मंसिरमा सम्पन्न पृतनापति सम्मेलनमा जंगी अड्डका तालिम हेर्ने सहायकरथी दीपक घलेले नेपाली सेनाभित्र आत्महत्याका घटनामा बढोत्तरी हुँदै गएको तथ्यांकसहित यस्तो घातक प्रवृति न्यूनीकरणसम्बन्धी उपायबारे छलफल चलाउनु र भोलिपल्टै एउटी सैन्य युवतीको रहस्यमय मृत्यु हुनु काकताली मात्रै हो? नेपाली सेनामा अहिले सडक दुर्घटनाबाट मृत्यु र अंगभंग हुनेको संख्या बढ्दो छ। उपत्यका हेर्ने दुईतारे जर्नेल शरद गिरीको ठहर यही हो।

उनका अनुसार पोहोर सवारी दुर्घटनामा मृतक ३, अंगभंग ६ र साधारण चोटपटक लाग्ने सैनिकको संख्या कुल ५१ थियो भने यो आर्थिक वर्षको ५ महिनामा मृत्यु ५, अंगभंग ६, घाइते २९ गरी ४० वटा क्षति भएको । अनि भावी प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि सेनाले राजनीति बुझ्नुपर्छ तर राजनीतिचाहिँ गर्नुहुन्न भन्ने लागेको छ।

देशभरका जर्नेलकको जंगी अड्डामा सम्पन्न सम्मेलनलाई संबोधन गर्दै उनले संविधान संशोधनसम्बन्धी तयारी र त्यसबाट उत्पन्न हुन सक्ने २ सातासम्मका परिदृश्यको आंकलन गरेका छन्। भन्छन्, ‘देश विखण्डन गर्ने कुनै पनि गतिविधि सह्य हुन सक्दैन। दाङ, अछाममा ंमाओवादीले हान्दाजस्तो सुतेर बस्ने परिस्थिति छैन। सर्तक हुने बेला छ।’

सेनापति पछिको दोस्रो वरियतामा रहेका बलदेवराज महतको टिप्पणी पनि उत्तिकै खरो लाग्न सक्छ। उनको भनाइ थियो, ‘हामी भित्र अनावश्यक तालिम भन्दै फिल्डमा नबस्ने प्रवृतिले बास गर्न थालेको छ। जसले धेरै नम्बर पाउँछ, उही भगौडामा पर्ने गरेका छन्। आफ्ना गुनासो लिएर सिकायत जाँच निर्देशनालयमा जाने होइन पत्रकारकोमा धाउने चलन चलेको छ। बजेट जोगाउनु ठूलो कुरा होइन स्तरीय निर्णय हाम्रो आवश्यकता हो।’

उनले भनेका छन्। आफूले जीवन बिताएको संस्थाको आन्द्राभुँडी छरप्रष्ट पारेर किताब छपाई हिरो बन्न खोज्ने भूपू सेनापतिहरुको उछितो काढ्दै महतले तिनलाई त्यसो नगर्न खबर पठाइएको जानकारीसमेत दिएका छन्। भन्छन्, ‘अप्रेसनल सेक्रेसी राख्न सक्नुपर्यो। तर, अफसोच सेनालाई कमजोर बनाउने तत्व हामीभित्रै छन्।’ आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!