पाल्पाको सत्यवती मन्दिरमा रु आठलाख भेटी सङ्कलन

Posted By OS Nepal || Date: 30 November, 2016

पाल्पा, १५ मङ्सिर । पाल्पाको कोलडाँडामा रहेको सत्यवती मन्दिरमा रु आठलाख भेटी सङ्कलन भएको छ । गत कात्तिक २८, २९ र ३० गते कात्तिक पूर्णिमाका अवसरमा लागेको सत्यवती मेलाका अवसरमा यसवर्ष रु आठलाख चारहजार भेटी सङ्कलन भएको हो । satyawatiयसवर्ष यहाँ एक हजार जति बोका, बाख्रा, पाठापाठी, परेवा र हाँसको बलि दिइएको छ भने झन्डै ७० हजार जति दर्शनार्थीले मेला अवलोकन गरेको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबीर गाहाले बताउनुभयो ।

गतवर्ष यस मन्दिरमा पाँचलाख बराबरको भेटी सङ्कलन र ३० हजार जति दर्शनार्थीले मेला अवलोकन गरेका थिए । यसवर्ष तिथिका हिसाबले पूर्णिमा तिथि कात्तिक महिनामै परेकाले शुभ हुने विश्वासका कारण गतवर्षको तुलनामा धेरै दर्शनार्थीले मेला अवलोकन गरेको स्थानीय धु्रवप्रसाद पङ्गेनीले बताउनुभयो । मन्दिरमा सङ्कलित भेटी मन्दिर मर्मत, खानेपानी, मन्दिर सरसफाई, पुजाआजा व्यवस्थापन, मन्दिरसम्म पुग्ने बाटो मर्मतमा खर्च गरिने समितिले जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!