केसी अनसन बसेको १८ औँ दिनः साँझबाट उपचार नगर्ने चिकित्सकको चेतावनी

Posted By OS Nepal || Date: 30 November, 2016

govinda-kcकाठमाडौंः चिकित्सा क्षेत्र सुधारको माग गर्दै प्रा.डा. गोविन्द केसी आमरण अनसन बसेको आज १८ औँ दिन पुगेको छ ।

अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदासमेत सरकार गम्भीर नभएको भन्दै चौतर्फी विरोध भइराखेको छ ।

डा. केसीको स्वास्थ्य विग्रदै गएकाले सकेसम्म आज अनसन तोडाउने योजनामा स्वास्थयमन्त्री थगन थापा सक्रिय भएका छन् । थापाले मंगलबार केसीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

भेटमा समस्या समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा समेत मन्त्री थापाले केसीसँग राय लिएका थिए । सरकारले आज जसरी भएपनि अनशन तोडाउने गरि काम गरिरहेको सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठ बताएका छन् ।

हिजोको भेटमा भने मन्त्री थापाले उच्च राजनीतिक नेतृत्वसँगै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । केसीका मागका सम्बन्धमा सरकार सकारात्मक भए पनि प्राविधिक कारणले कुरा मिल्न नसकेको वार्ता टोलीमा संलग्न एक सदस्यले जानकारी दिए ।

सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्न भन्दै गएको शनिबार शिक्षा सचिव श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती सम्मिलित टोली गठन गरेको थियो । सरकारी टोलीले अनसनरत केसीसँग् पटकपटक वार्ता गरे पनि निष्कर्षमा पुग्न सकेको छैन् ।

वार्ता निष्कर्षमा नपुग्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएक छन् । केसीका मागका सम्बन्धमा सरकारले कुनै सुनुवाई नगरेको भन्दै त्रिवी शिक्षण अस्पतालका आवासीय चिकित्सक संघले माग सम्बोधनका लागि सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् ।

सो अवधिमा केसीका माग सम्बोधन नभए सबै सेवा ठप्प पारेर आन्दोलन गर्ने घोषणा समेत चिकित्सकले गरिसकेका छन् । बुधबार साँझसम्म केसीका माग सम्बोधन नभए सबै सेवा ठप्प हुने उनीहरुको चेतावनी छ ।

आवासीय चिकित्सक संघले मंगलबार साँझ विज्ञप्ति निकालेर अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि यस्तो अल्टिमेटम दिएको हो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!