चुरोट छोड्ने तयारीमा आमिर खान

Posted By OS Nepal || Date: 30 November, 2016

aamir-khanएजेन्सीः बलिउड स्टार आमिर खानले आफू चुरोट छोड्ने प्रयासमा रहेको बताएका छन् ।

केही दिनअघि एक रियालिटी शोमा नायक अक्षय कुमारले चुरोटको लत नछोडेमा बलिउडका तीन खान साहरुख, सलमान र आमिरको करिअर अजाडी नजाने बताएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले अक्षयको नाम नलिइकन चुरोटले स्वास्थ्य खराब नाउने भएकाले आफूले छोड्ने प्रयास गरेको बताएका हुन् । उनले भनेका छन्, ‘चुरोटले स्वास्थ्य खबराब नाउछ भन्ने मलाई थाहा छ म चुरोट छाड्ने प्रयासमा छु ।’

उनले अक्षयको नाम नलिइकन चुरोटले अभिनय नकमजोर हुनछ भन्ने आफूलाई नलागेको बताएका छन् । उनले भनेका छन्, ‘ चुरोट पिउँदा अभिनय कमजोर हुन्छ भन्ने मलाई लाग्दैन तर स्टामिना भने घट्छ ।’

आमिरले चलचित्र रिलिजको समयमा आफूलेब ढी चुरोट तान्ने गरेको खुलासा समेत गरेका छन् । उनका अनुसार तनाव हुने भएकाले त्यो अवधिमा धेरै चुरोट तान्नु बाध्यता सरह हुन्छ ।

आमिरले चुरोटले अभिनयलाई असर नगर्ने बताउदै आगामी दिनमा नायक साहरुखसँग कायम गर्न लागकेो भने खुलासा गरेका छन् । भारतीय सञ्चार माध्यमले अक्षयले तीन खानसँग आफ्नो चर्चा चुलियोस् भनेर यस्तो अभिव्यक्ति दिएको उल्लेख गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!