बन्दुकधारीद्धारा सुडानमा अपहरणमा परेका यि दुई नेपालीको विषयमा थप रहस्य सार्वजनिक

Posted By OS Nepal || Date: 30 November, 2016

sudan-rames-karkiकाठमाडौं, मंसिर १३ । हतियारधारी समूहले सुडानको डार्फरस्थित राष्ट्रसंघीय नियोगमा कार्यरत दुई जना नेपालीलाई अपहरण गरेका भोजपुर स्थायी ठेगाना भएका रमेश कार्की र ललितपुरका प्रशान्त प्रधानलाई छुटाउन सरकारले समेत पहल थालेको छ ।

सुडानको डार्फरमा राष्ट्रसंघीय शरणार्थी मामिला नियोग (युनएचसिआर) मा कार्यरत उनीहरुलाई आइतबार हतियारधारी समुहले जबरजस्ती गर्दै गाडीमा हालेर अज्ञात स्थलतर्फ लगेको बताइएको छ । अपहरणकारीहरूसँग राष्ट्रसंघीय निकायहरूमार्फत वार्ता भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अपहरणमा परेकालाई छुटाउन पहल जारी रहेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए । १३ वर्षदेखि अशान्त रहँदै आएको यो मुलुकमा ओमार अल बसिर र अल्पसंख्यक जातीय समूहले भिषण सशस्त्र द्वन्द्व सुरु गरेका छन् । राष्ट्रसंघको तथ्यांकअनुसार त्यसयता तीन लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ भने २५ लाख मानिस विस्थापित भइसकेका छन्।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!