अब देश अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

Posted By OS Nepal || Date: 30 November, 2016

prachandaकाठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि देश अब निर्वाचनतिर अघि बढ्ने बताएका छन् ।

बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो। अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ ।’

संविधान संशोधन प्रस्तावको प्रमुख प्रतिपक्ष र सत्तारुढ दलका नेताले विरोध गरिरहेका बेला प्रधानमन्त्रीले भने राष्ट्रहितका लागि संविधान संशोधन विधेयक दर्ता भएको बताएका छन् ।

‘हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो । संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने समेत बताएका छन् । ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्रीले भने ।

भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!