ट्याक्टर पल्टिँदा थिचिएर चालकको मृत्यु

Posted By OS Nepal || Date: 30 November, 2016

लहान, १५ मङ्सिर । सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालककोे मृत्यु भएको छ ।खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्र्याक्टरले किचेर यसका चालक मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो ।

ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका चालक यादवलाई उपचारार्थ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!