आजको संसद बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस हुँदै — OSNepal

आजको संसद बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस हुँदै

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दर्ता गरेको संकल्प प्रस्ताव आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा पेस हुने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो प्रस्तावमा एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेन समर्थन जनाएका छन् ।

संकल्प प्रस्तावमा भनिएको छ, ‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ रु भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,‘जनताको आधारभुत आवाश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलिय पदार्थको मूल्य घटाउन स्पस्ट खाका पेस गर्न सरकारलाई झकझकाउन संसदले पहल गर्न आवाश्यक भएको छ ।’

साथै, आज शुक्रबार बस्ने संसद बैठकमाअर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर