लघुकथा : दोषी

Posted By OS Nepal || Date: 30 November, 2016

kishor-subha-limbuकिशोर सुब्बा लिम्बु

फूलमाया खरका भारी बिसाएर सुस्ताउदै थिइन् । परतिर पञ्चेबाजा सुनेर एक्लेपीपल चैतारोमा धेरै बेर टोलाईरहिन्…

२०५५ सालको सेण्ट–अफ पहिलो दिन अंग्रेजीको परिक्षा थियो । तीन बेञ्च पछाडी गोरे मतुवाली केटोले एकोहोरो हेरीरहेको थियो । फूलमायालाई खासै आउँदैनथ्यो । केटोले एकोहोरो हेरिरन्थ्यो खै के पो लेख्यो मोरोले ! योगराज दाइसंग केटो त फूलमायाको कोठामै आयो ।

फूलमायाको आँखामा स्वर्गै देखे झैं । हेरिरहन्थ्यो । कम बेल्ने । मनबहादुर । संगत बढ्दै गयो । साँझपख स्कूलडाँडाबाट मकालुका चुचुरामा सिंदुरे घामका लालीसंग फूलमायाको गाला दाँज्दै जिस्कयाउन सिपालु । दुबो भन्दा छिटो मौलाएका मायाका कथा । परिक्षा सकिएको दिन ओइलायो । मनबहादुरको बहादुरी फूलमाया खड्काको ‘खड्का’ले खड्केथ्यो । मनबहादुरको मनमा चिसो पसिसकेको थियो । रोइरह्यो । फूलमायाले देवीथानको सिन्दूर दिंदै मनबहादुरको बहादुरी नापिन् । देवीको साँक्षीमा फूल र मनको विवाहमा जूनकिरी र लाटोकोसेरोले नाँचगान गर्दै थिए । प्रेमचरीहरु हिमालै काटेर उडि जान त सकेनन्.. ।

फूलमायाका कुरा बाउका कानमा फुकीसकेका रहेछन् । भोली नै मधेश फुपुका तिर लिएर गए । फूपुकै घरबाट सेनामा जागिरेसंग मंसिर भित्रै विहे गरिदिने कुरा छिनेको बुनुबाट थाहा पाइन् । बुनुसंग इटहरा जाँदा बुनुलाई झुक्याएर मेटासिड किनेर लुकाइन् । सबै सुतेपछि फूलमायाले सदाकालागि सुत्ने तयारी गरिन् । मनबहादुरसंगका बाचा कसमहरु लेखेर खल्तीमा हालिन् । “मर्न बरु गाह्रो हुन्न, तिम्रो माया …” । त्यति सजिलो कहाँ छ ! जिन्दगीको रंगमञ्च उठाउनु ! हरेक देउराली ती पु¥याउनु पर्छ प्राणका घुट्को । अस्पताल लगेर बचाएछन् ।

औषधीको जोरले फूलमायाका बोल्ली अस्पष्ट भयो । आँखा बेला बेला झिम्झिम् भैरहन्थ्यो । फूलमायाको फूल अब रातको घुम्टोले छोपिएपछि मात्र शिवलिङ्गमा चढ्थ्यो । उज्यालोकी अपवित्र फूलमायाको जीवनमा फूल र माया दुवैको पवित्र अर्थ गलत साबित भयो । मनबहादुर बहादुर लाहूरे भएछ । मन मिल्ने एउटी उतै खोज्यो होला ! “खुट्टा अनुसारको जुत्ता भन्छन्” । खै किन ? “खुट्टामा ठेला उठ्नुको दोष सधै जुत्ताले मात्रै भोग्नु पर्छ ”

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!