बालुवाटार वरिपरि रहेका मान्छेहरुमा सूचना पुर्याएको एक मिनेट पछि मूल्यवृद्धि गरियो : एमाले — OSNepal

बालुवाटार वरिपरि रहेका मान्छेहरुमा सूचना पुर्याएको एक मिनेट पछि मूल्यवृद्धि गरियो : एमाले

LC (KTM) June 03, 2022 0

काठमाडौ २० जेठ । नेकपा एमाले संसद पेश गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको संकल्प प्रस्तावमाथि संसदमा छलफल जारी रहेको छ ।

शुक्रबार संसदमा भाग लिँदै एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको बताएका छन् ।

सरकराले समग्र मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएकोले त्यसको छानविन समेत हुनुपर्ने बताएका छन् ।

हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरेर सरकारले आफैंले बनाएको कार्यविधि विपरीत काम गरेको आरोप समेत लगाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरिरहँदा सरकार वरिपरि रहेका, बालुवाटार वरिपरि रहेका, मन्त्री निवास वरिपरि रहेका मान्छेहरुमा सूचना अगाडि पुगेको दावी गरेका उनले भने , ‘त्यसकारणले डिपो रित्याएर ग्याँस सिलिण्डरहरु बजारमा आफ्ना मान्छेहरुकहाँ पुर्याइयो, पेट्रोल पम्पहरुमा पुर्याइयो र त्यसको एक मिनेटपछि मूल्यवृद्धि गरियो’ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो प्रस्तावमा एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेन समर्थन जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर