म्याग्दीका शिक्षकले पाँच दिनको तलब आविष्कार केन्द्रलाई दिने

Posted By OS Nepal || Date: 30 November, 2016

म्याग्दी, १५ मङ्सिर । सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् । आदर्श मावि रिम स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षक–कर्मचारीले पाँच दिन बराबरको तलब केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका आदर्श मावि रिमाका प्रधानाध्यापक कुमार गर्बुजाले बताउनुभयो । “स्रोतकेन्द्रअन्तर्गत धेरै विद्यालयमा महावीरकै प्रयासमा सूचना र प्रविधिको विस्तार गरिएको छ । हामीले केन्द्र स्थापनामा भविष्यमा समेत सहयोगको प्रतिबद्धता जनाएका छौँ” गर्बुजाले भन्नुभयोे ।

प्रअ गर्बुजाका अनुसार शिक्षकले आफ्नो गाँस कटाएर आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् । स्रोतकेन्द्रमा भएको प्रधानाध्यापकको बैठकमा संरोतव्यक्ति भरतकुमार पुनको संयोजकत्वममा आर्थिक सङ्कलन अभियानलाई प्रभावकारी बनाउन ११ सदस्यीय समिति समेत बनाइएको छ । “विद्यालयका कर्मचारीदेखि प्रधानाध्यापकसम्म पाँच दिनको तलब र इच्छाअनुसार त्यसभन्दा धेरै सहयोग गर्न सक्ने स्रोतव्यक्ति पुनले बताउनुभयो । “अन्य विद्यालयका शिक्षकहरुबाट समेत सहयोगका लागि इच्छा व्यक्त भएको छ” उहाँले भन्नुभयो । आदर्श माविअन्तर्गत १० वटा विद्यालयमा ९२ जना शिक्षक कार्यरत छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!