महिला सशक्तिकरणका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ, १५ मङ्सिर । महिला सशक्तिकरणका लागि संसद्मा प्रतिनिधित्व गर्ने विश्वका महिलाको अन्तर्राष्ट्रिय सम्मेलन भारतको आन्द्र प्रदेशमा हुने भएको छ । आन्द्र प्रदेशका सभामुख डा कोडेला शिवप्रसाद रोयले आज यहाँ पत्रकार सम्मेलन गरी आन्द्र प्रदेशको अमरावतीमा आगामी फ्रेबुवरी १० देखि १२ मा सो सम्मेलन हुन लागेको जानकारी दिनुभयो । women_empowerment
उहाँले भन्नुभयो, “महिलाको क्षमता अझ बढाउन र तिनका समस्याबारे छलफल गर्न सम्मेलन गर्न लागेका हौँ ।”
सम्मेलनमा करिब ४५ देशका १० हजारभन्दा बढी महिला सहभागी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!