द्वन्द्वपीडितलाई थप राहत वितरण सुरू– मन्त्री यादव

Posted By OS Nepal || Date: 30 November, 2016

इलाम, १५ मङ्सिर । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सरकारले रु पाँच लाख राहत दिन सुरू गरेको बताउनुभएको छ । आज इलाममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले द्वन्द्वपीडितलाई यसअघि दिइएको राहत भन्दा केही थप गर्न लागिएको बताउनुभएको हो ।

द्वन्द्वपीडितलाई राहत रकम प्रदान गर्न अर्थमन्त्रालयबाट स्वीकृत भइ जिल्ला प्रशासन कार्यालय पठाइसकिएको र चाँडै पीडितले पाउने छन् मन्त्री यादवले भन्नुभयो ।

द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माणको काम पनि अघि बढाइने छ भन्दै उहाँले यसका लागि ३० अर्ब बजेट आवश्यक भएको पनि बताउनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!