नुन अभाव हल्ला मात्र

Posted By OS Nepal || Date: 30 November, 2016

पोखरा, १५ मङ्सिर । साल्टटे«डिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताउनुभयो । उहाँले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

“हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उहाँले भन्नुभयो । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार क्विन्टल नुन बिक्री वितरण हुँदै आएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!