रामकुमारीले के लेखिन् त्यस्तो? प्रचण्ड पुत्रले पाठ नै पढाए

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं । असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि आज बसेको मन्त्रीपरिषद्को बैठकले संविधान संशोधन विधेयक पास गरेर संसदमा दर्ता गराएपछि यसको तिव्र विरोध भैरहेको छ । सत्तारुढ दलका सांसदहरुले समेत यसकोविरोध गरेका छन् । तर यस मध्ये सबैभन्दा कडा भाषामा विरोध गर्ने मध्येमा एमालेकी महिला नेतृ रामकुमारी झाँक्री देखिइन् । ramkumari_jhankriरामकुमारीले ट्वीटरमा लेखेकी छिन्, “थुईक्क साला यस्तो पनि प्रदेश हुन्छ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी? त्यसका बाउलाई रिझाउन हो?” । rkथुईक्क साला यस्तो पनि प्रदेश हुन्छ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी? त्यसका बाउलाई रिझाउन हो?
उनको ट्वीटमा भद्र अहमति जनाउँदै प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रकाश दाहालले लेखेका छन्, दिदी जस्तो ब्यक्तिले बोल्ने भाषा यो हैन । तपाइँलाई लाग्दैन र ? कि राम्रै बोले जस्तो लाग्या छ ??” captureविरोधमा सहमति भएपनि झाँक्रीले प्रयोग गरेको भाषाप्रति धेरैले अहसमति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले पनि रामकुमारीको भाषामा असहति जनाउँदै सभ्य भाषामा प्रतिवाद गरेका छन् । त्यस्तै माओवादी केन्द्रका अर्का युवा नेता जाग्रित रायमाझीले लेखेका छन्, “रामकुमारी झाक्रीजीको शब्दचयन !, उनले लाजलाई जितेकी हुन्, कि मैले लाजसंग हार खाएको हुँ !? धेरै नै कन्फ्युज भएँ म !” 15171123_10208186794443400_7479698842407578757_n1रामकुमारीले भने थप आक्रामक हुँदै लेखेकी छिन्, “राष्ट्रवादी भनिएका प्रचण्ड किन यस्तो काम गर्न पुगे? जव की२०६४माघ१६मा लैनचौरमा डिजाईन गरीएको थियो,सकभर एकमधेश एक प्रदेशको,नभए ३/४भए पनि मधेश।” राष्ट्रवादी भनिएका प्रचण्ड किन यस्तो काम गर्न पुगे? जव की२०६४माघ१६मा लैनचौरमा डिजाईन गरीएको थियो,सकभर एकमधेश एक प्रदेशको,नभए ३/४भए पनि मधेश। rk1उनले फेसबुकमा त्यो भन्दा पनि आक्रामक स्ट्याटस लेखेकी छिन्, “किस्ता किस्तामा बुझाउने नै त होलान है यो देश चाटुकारहरूले? संघियता प्रशासनिक, सेवा र सहभागिताको सुगमताको लागि होईन र? अनि रोल्पा, प्युठान, अर्धाखाँची, पाल्पा र गुल्मीलाई कसरी पायक भयो त पोखरा? लाजको मर्नु । “rkj

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!