भारतको जम्मू आक्रमणमा नेपाली सैनिक पनि मारिएको पुष्टी


काठमाडौं । भारतको जम्मूको नगरोटामा मंगलबार विहान भएको आक्रमणमा मारिएका ७ सैनिक मध्ये एक जना नेपाली पनि परेका छन् ।

भारतीय सेनाको शिविरमा आक्रमण हुँदा सेनाका दुई अफिसर र पाँच सैनिकको ज्यान गएका मध्ये खोटाङका असिम राईको मृत्यु भएको सेनाले जनाएको छ ।

आतंकवादी आक्रमणमा मारिएका ३२ वर्षीय राई भारतीय सेनामा राइफलम्यान पदमा कार्यरत थिए । मृत्यु भएको पुष्टी भए लगत्तै भारतीय सेनाले राईको परिवारलाई आधिकारिक जानकारी गराइसकेको छ ।

Comment