अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ ? – राकेशकुमार शर्मा

Posted By OS Nepal || Date: 30 November, 2016

rakesh-sharmaराकेशकुमार शर्मा – विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको पहिचान थियो । हाम्रो मुलुक नेपालमा वि.सं. २०६२–०६३ सालको जनआन्दोलनमा हिन्दू राष्ट्रलाई हटाएर धर्म निरपेक्षता हुनुपर्छ वा गरिनुपर्छ भन्ने चाहना नेपाली नागरिकहरु कसैको पनि थिएन तर, हाम्रो मुलुकका प्रचण्ड (पुष्पकमल दाहाल) र सुवासचन्द्र नेवाङ आदी आदि जस्ता ‘राष्ट्रघाति’ र ‘देशद्रोही’ नेताहरुले इसाइ मुलुकहरुसँग डलर र पाउण्ड खाएर हिन्दु राष्ट्रलाई हटाए । नेताहरुको एकलौटी निर्णयले धर्म निरपेक्षता गरेका हुन् । यस विषय वस्तुमा नेपालको अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघले पनि कुनै चासो दिएन । यदि नेपालको अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघले चासो दिइ दिएको भए नेपालमा धर्म निरपेक्षता हुने थिएन ।

वि.सं. २०५२ साल देखिको द्वन्द्वमा माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) आदि आदि जस्ता ‘राष्ट्रघाति र गद्दार’ नेताहरुको कारण मुलुकको विकास २०–३० वर्ष पछाडि धकेलिएको छ । नेपालको सबै राजनीतिक पार्टीभित्र राष्ट्रघाति र गद्दार नेताहरु छन् । संविधान संशोधनमा पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र सुभाष चन्द्र नेम्वाङ आदि आदि जस्ता ‘राष्ट्रघाति र गद्दार’ नेताहरुको स्वार्थ रहेको देखिन्छ ।

राष्ट्रघाति र गद्दार नेताहरुको संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई धरापमा पार्ने काम गर्दछ । अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ । हाम्रो मुलुकको सेनाले मुलुकको हित चाहन्छ कि अहित ? सेना माथि नै निर्भर छ । सेना आउ देश बचाउ, सेना आउ देश बचाउ । कसैको प्रतिक्षा र आश नगर । विश्वमा कतै नभएका नेपालका नागरिकहरु अवसरवादी, स्वार्थी र सत्ताको पूजारी छन् । नेपाली सेनाले अब राजनीतिक दलहरुका नेताहरुलाई सोध्नै पर्छ । वि.सं. २०६२–०६३ को जनआन्दोलनमा मुलुकलाई धर्म निरपेक्षता गर्न र हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान हटाउनलाई कति डलर र पाउण्ड लिए । अब मुलुकलाई विखण्डन गर्न कति डलर र पाउण्ड लिएका हुन् । स्वतन्त्र नेपाली नागरिक हालः मकवानपुर, हेटौँडा उ.म.न.पा. २

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!