ब्राजिलका अभागी खेलाडी बाबु , जसले आफ्नो पहिलो सन्तानको मुख हेर्नै नपाई विमान दुर्घटनामा परी संसार छाडे

Posted By OSNepal, California, USA || Date: 30 November, 2016

brazil-teyako-rochaएजेन्सी । कोलम्बिया बिमान दुर्घटनालाई खेल इतिहाँसकै सबैभन्दा खराब यात्राका रुपमा ब्राजिलले परिभाषित गरिरहेको छ । बिमानमा सवार ७७ जनामध्ये अधिका.श खेलाडी तथा पत्रकारहरुले ज्यान गुमाउन पुगे । जसमध्ये एउटा चर्चित नाम ब्राजिलको ‘ए’ डिभिजन क्लबका २२ वर्षीय स्ट्राइकर तियागो डा रोचा भिएरा पनि थिए ।

दुर्घटना लगत्तै उनको निधन भयो । उनी त गए तर जाँदा जाँदै उनले आफ्नो पहिलो सन्तानको मुख नै हेर्न पाएनन् ।

आफ्नो क्लब कापाकोइन्सेमा तिगुइन्होको नामले चिनिने उनले गत साता टोलीका अन्य सदस्य खेलाडीसँग होटलमा बस्दा उनले अनुपम उपहार पाएको केही दिनमा नै दुर्घटनामा निधन भएपछि उनकी गर्भवती श्रीमती अहिले उनको मायाको चिनो एक्लै संहालेर बस्न विवश छिन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!