यार्सागुम्बा सङ्कलन गर्न गएकी ३० वर्षीया सिन्कीको हिमपहिरामा परी मृत्यु, छोरा र छोरी बने टुहुरा — OSNepal

यार्सागुम्बा सङ्कलन गर्न गएकी ३० वर्षीया सिन्कीको हिमपहिरामा परी मृत्यु, छोरा र छोरी बने टुहुरा

LC (KTM) June 03, 2022 0

बझाङ, २० जेठ -यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहनुभएको बताइएको छ । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उहाँसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् ।

मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर