हिन्दु राष्ट्र फर्काउन काँग्रेसका यि चर्चित नेता, तथा पूर्व सेनापति नै लागेपछि…

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ, १५ मङ्सिर । मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिइएको छ । हिन्दु राष्ट्र स्थापना महाअभियानले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने सुझाव दिए ।

पूर्वसभामुख तारानाथ रानाभाटले अहिले देशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डतामा सङ्कट देखापरेको बताउँदै सबै नेपालीलाई एकतामा बाँध्न हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले देशलाई हिन्दू राष्ट्र कायम गराउन सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो ।

काँग्रेसका नेता लक्ष्मण घिमिरे, चिरञ्जीवी वाग्ले, मोहन बस्नेत, पुष्पा भुसाल तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल, विश्व हिन्दू महासङ्घका महासचिव अस्मिता भण्डारीले हिन्दू राष्ट्रभित्र सबै धर्म र संस्कृति सुरक्षित हुनसक्ने धारणा व्यक्त गर्नुभएको थियो

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!