पाँच लाखसहित २१ जुवाडे पक्राउ

Posted By OS Nepal || Date: 30 November, 2016

भक्तपुर, १५ मङ्सिर । सूर्यविनायक नगरपालिका–५ पाण्डुबजारस्थित सलामसिंह लामाको घरमा जुवा खेल्दै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले गएराति जुवा खेल्दै गरेका उनीहरुलाई जुवा, कौडा, तास र खालमा रहेको रु पाँच लाख १५ हजार ५०० सहित पक्राउ गरेको हो ।

तामाङको घरमा हरेक रात जुवा खेलाउने गरेको भन्ने सुराकीका आधारमा प्रहरीले मध्यरातमा छापामारी जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये आठ जनालाई नगदसहित छाडिदिएको छ । अन्य १३ जनालाई आजै जुवा ऐनअन्तर्गत मुद्दा दायर गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!