एमालेलाई अर्थमन्त्रीको जवाफ : यो वार्षिक बजेट नै हो , संवैधानिक व्यवस्थामा पाँच महिना लेखिएको भेटिएन — OSNepal

एमालेलाई अर्थमन्त्रीको जवाफ : यो वार्षिक बजेट नै हो , संवैधानिक व्यवस्थामा पाँच महिना लेखिएको भेटिएन

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि उठेको प्रश्नको जवाफ फर्काएका छन् ।

एमालेले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको सरकारले वार्षिक बजेट ल्याउनु नहुने भनेपछि शर्माले सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी जवाफ दिएका छन् ।

‘मैले संविधानमा यति महिनाको मात्र बजेट बनाउने भन्ने देखिन्न, हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि वार्षिक बजेट नै पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेछ’ ‘पाँच महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो, ७ महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो त्यो संवैधानिक व्यवस्था भेटिएन ।त्यसले यो वार्षिक बजेट नै हो ।’ मन्त्री शर्माले भने ।

बजेट कार्यान्वयनको प्रक्रियाले समग्र रुपले उथलपुथल भएको आफुले नदेखेको भन्दै मन्त्री शर्माले अध्यादेशबाट आएको बजेट आफुहरुले कार्यान्वयन गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर