सातौँ राष्ट्रिय खेलकुदको मिति अब नसर्ने

Posted By OS Nepal || Date: 30 November, 2016

इटहरी, १५ मङ्सिर । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको मिति नसर्ने बताउनुभएको छ ।

आज इटहरीमा सातौँ राष्ट्रिय खेलकुदको तयारीबारे गरिएको एक अन्तक्र्रियामा उहाँले अब आर्थिक वा अन्य कुनै पनि कारण पुस ८–१५ गतेसम्म तोकिएको मितिभित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

साताँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय गौरवका रुपमा लिइदिन पूर्वाञ्चलवासीमा विशेष आग्रह पनि मन्त्री श्रीपाइलीले गर्नुभयो ।

सोही अवसरमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले पाँचपटकसम्म मिति तोकिएर पनि सर्दै आएको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेको राज्य पुनःसंरचनाका हिसाबले पहिलो र अन्तिम हुने बताउनुभयो ।

कतिपय खेल पूर्वाधारका अभावमा राजधानी काठमाडाँैमा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले पूर्वाञ्चलमा ३० वटा खेल मात्रै हुने अवस्था रहेको बताइन्छ ।

सुनसरीका प्रजिअ लोकनाथ पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुनसरी, मोरङ र झापाका प्रजिअ र सुरक्षा निकायका प्रमुख समन्वय गरिने बताउनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!