आजको रासिफल – बि.स. २०७३ मंसिर १६ गते । बिहिबार ।

Posted By OS Nepal || Date: 1 December, 2016

durga osnepal horoscopeओएस नेपाल, क्यालिफोर्निया – बि.स. २०७३ मंसिर १६ गते । बिहिबार । ईश्वी सन् २०१६ डिसेम्बर ०१ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । मार्गशिर्ष शुक्ल पक्ष । तिथि द्वितीया ३५ घडी १२ पला । नक्षत्र मूल ५४ घडी ३७ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०६ मिनेट जादा । दिनमान २६ घडी १० पला । चन्द्ररासि धनु ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरुबाट आलोचनाको शिकार होईनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

बृष (ई,ऊ, ए,ओ, वा, वी, वू, वे, वा) आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल गर्न निकै समय खर्चनु पर्नेछ । ब्यापार ब्याबसायमा भनेजस्तो आम्दानि नहुने हुँनाले दैनिकी चलाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) सहयोग गर्ने तथा मन मिल्ने आत्मिय मित्रहरु भेटिने हुँनाले दिनभर भावना साटासाट गरेर समय कटाउँन सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो झन कसिलो भएर जानेछ । साझेदारि ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारेर आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । मांगलिक तथा शुभकार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) कार्यक्षेत्रमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु लाई सजिलै हराउन सकिनेछ भने कर्मक्षेत्रमा पाईने सम्मानले मन प्रशन्न हुनेछ । सत्रु परास्त हुनेछन् तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच घनिष्टता बढेर जानेछ । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन भने पुराना आर्थिक कारोबारहरु सम्बन्धि मुद्दा हल भएर जानेछन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे ) अध्ययन, अध्यापन, खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहनेछ । प्राज्ञिक तथा बौद्धिक ब्याक्तित्वहरु सँगको भेटघाटमा कुनै पनि बिषयमा दिईने तपाईको प्रस्तुति कमजोर हुने हुनाले आलोचनाको सहनुपर्ला । ब्यापार ब्याासाय अरु दिन भन्दा खस्केर जानेछ भने नयाँ काम गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिच मनमुटाब बडेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले साताउने हुँनाले शरिरमा जोस जागर हराएर जाने तथा अल्छीपना बडेर आउनेछ ।

कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो) कृषि,सहकारि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा हरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । सांगठनिक कामको जिम्मेवारि बहन गर्नु पर्नेछ भने सफल पनि होइनेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते¬) ब्यापारिक कुल घरानका मानिस सँग छोटो तथा महत्वपुर्ण यात्रा तय हुनेछ । वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगतले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो, ना, नी, नू , ने, नो, या,यी, यू) निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) कलात्मक तथा सिर्जनात्मक कामगरेर सबैको मन जित्न सकिनेछ । समयको गतिलाई समाई अगाडि बढ्न सके गहन बिषयहरुलाई सजिलै हल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ । सुन्दर पहिरनमा ठाटिएर अरुको मन जित्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬) ब्यापार ब्याबसायमा नाफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ भने बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । कामको शिलशिलामा लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नु पर्नेछ । अनाबस्यक काममा श्रम तथा शक्ति खर्च हुने हुनाले प्रगतिशिल क्षेत्रमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । ब्यापार ब्याबसायमा कृषि तथा पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । समाज तथा राष्ट्रमा सम्मानजनक भुमिका निर्बाह गर्नु पर्नेछ भने निर्णायक पदमा हुनुहुन्छ भने आजको तपाईको निर्णय सबैलाई मान्य हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो झन गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने मांगलिक तथा शुभकार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् स्वस्थ रहनुहोस धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी

नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
लगनखेल, ललितपुर

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!