एउटै मन्त्रालयमा कांग्रेसका दुई राज्यमन्त्रीको लुछाचुडी

Posted By OS Nepal || Date: 1 December, 2016

untitledप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताका सपथ ग्रहण गराएलगत्तै नेपाली कांग्रेसका दुई राज्यमन्त्रीबीच झगडा परेको छ ।

सुवर्ण ज्वारचन र मिठु मल्लले शहरी विकास विकास मन्त्रालयको कुर्सी ताकेपछि झगडा भएको हो । नवनियुक्त मन्त्रीले झगडा गरेपछि कर्मचारी भने तनावमा देखिएका थिए ।

प्रधानमन्त्रीसँगको सपथग्रहण लगत्तै मिठु मल्ल शहरी विकास मन्त्रालयमा पुग्दा सुवर्णको नाम बोर्ड देखेपछि कर्मचारीसँग जङ्गिइन् ।

उनले मन्त्रालयमा राखिएको राज्यमन्त्रीको नाम बोर्ड खटाएर आफ्नो राख्न कर्मचारीलाई निर्देशन दिइन ।

तर, यता सुवर्ण ज्वारचनले आफू नै सहरी विकास मन्त्रालयको राज्यमन्त्री भएको दाबी गर्दै नछोड्ने अड्डी लिए ।

झगडा हुँदा हुँदै मिठु मल्ल म हो राज्यमन्त्री भन्दै उनको नाम कागजले प्रिन्ट गरेर ल्याउन कर्मचारीलार्य निर्देशन दिइन् । र सोही ठाउँमा उनको पनि नाम टासियो ।

मन्त्री सुवर्णलाई वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको भए पनि उनले भने शहरी विकास राज्यमन्त्री दाबी गर्दै आएका थिए । दाबी अनुसार नै उनी सहरी विकास मन्त्रालयमा गएपछि दुई मन्त्रीबीच तनाव भएको हो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!