भीम रावलको आरोपः प्रधानमन्त्री प्रचण्ड चुनाव विरोधी

Posted By OS Nepal || Date: 1 December, 2016

k|wfgdGqL k'iksdn bfxfnsf] cfu|xdf a'waf/ ;fFem ePsf] a}7skl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ug'{x'Fb} gs]kf Pdfn]sf g]tf eLd /fjn . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौंः संविधान संशोधनको सरकारी प्रस्तावबारे दलहरुबीच तिब्र विवाद चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन गराउन सरकार तयार रहेको दाबी गरिरहेका बेला एमाले नेता भीम रावलले भने प्रचण्ड चुनाव विरोधी भएको बताएका छन्।

बुधबार साँझ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता रावलले प्रधानमन्त्ती प्रचण्ड चुनाव विरोधी भएको बताएका हुन् ।

चार दलको बैठकमा संविधान संशोधन प्रस्ताव उल्टो बाटोबाट आएको भन्दै आलोचना गरेको एमालेले बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड चुनाव विरोधी भएको आशंका लागेको बताएको छ ।

‘संविधान संशोधनको प्रस्ताव ल्याउनु अघि चुनावको कुरा गरेको भए सुल्टो हुन्थ्यो । तर, सरकारले देशलाई विभाजनमा लगेर चुनावको प्रस्ताव ल्यायो,’ एमाले उपाध्यक्ष भीम रावलले बैठकपछि भने, ‘प्रधानमन्त्री पो चुनावको विपक्षमा हो कि भनेर बैठकमा हामीले प्रश्न गर्यौँ ।’

एमालेले प्रधानमन्त्रीमाथि चुनाव विरोधी भएको आरोप लगाएपछि प्रचण्डलेभ ने चुनावमा शंका नगर्न आग्रह गरेका थिए । बैठकमा एमाले अध्यक्ष केपी ओली सहभागी भएनन् । दलको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भए पनि कसरी कुन संरचनामा निर्वाचन गर्ने भन्ने विषय नै टुंगो लाग्न सकेन् ।

एमाले नेताहरुले स्थानीय तह कि पुरानै संरचना अनुसारको स्थानीय निकायको निर्वाचन गराउने भनी प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले स्थानीय निकाय पुनर्संरचना सम्बन्धी आयोग छिट्टै प्रतिवेदन दिने तयारीमा रहेको र सकभर आयोगको प्रतिवेदन अनुसारको स्थानीय तहको निर्वाचन नै गराउने पक्षमा सरकार रहेको प्रतिक्रिया दिएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!