भारतमा बढ्दै कोरोना,एकै दिन थपिए चार हजार भन्दा बढी सङ्क्रमित — OSNepal

भारतमा बढ्दै कोरोना,एकै दिन थपिए चार हजार भन्दा बढी सङ्क्रमित

LC (KTM) June 03, 2022 0

नयाँदिल्ली, २० जेठ-भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो ।

बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ । (रासस÷एएनआइ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर