युवराज सिंहको बिहे भन्दा विराट कोहलीको डान्स चर्चित

Posted By OSNepal, California, USA || Date: 1 December, 2016

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

काठमाडौंः भारतीय चर्चित क्रिकेट युवराज सिंहको बिहे भन्दा भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीको डान्स चर्चित भएको छ।

युवराजको विवाहमा पुगेका विराटले डान्स गरेपछि उनको डान्सलाई भारतीय मिडियाले महत्वका साथ प्रकाशन र प्रशारण गरेका छन्।

युवराज सिंहले मंगलबार बलिउड अभिनेत्री किथ हेजलसँग विवाह गरेका हुन् । सिंहको विवाहमा विराट छमछमी नाचेका हुन् ।

युवराजले बुधबार भारतको मोहालीस्थित भारतीय टेस्ट टोली बसेको होटल ललितमा विभिन्न क्षेत्रका व्यक्तिलाई पार्टी दिने क्रममा विराट नाचेका हुन् ।

उक्त पार्टीलाई क्रिकेटरले युवराज हेजल प्रिमियरको नाम दिएका छन् ।

युवराजको बिहेको पार्टीमा भारतीय क्रिकेट टिमसँगै अन्य विशिष्ट व्यक्तिको सहभागीता थियो । पार्टीमा कोहली पञ्जावी संगीतमा छमछमी नाचेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विराट यस्ता पार्टीमा प्राय नाच्ने गर्दछन् ।

यस अघि रोहित शर्माको बिहेमा समेत उनी बलिउड नायिका सोनाक्षी सिन्हासँग छमछमी नाचेका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!