अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ घोषणाः अब व्यवसाय गर्दिन

Posted By OSNepal, California, USA || Date: 1 December, 2016

donald-trump-smiling-1137646एजेन्सीः नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफु राष्ट्रपतीय जिम्मेवारीमा केन्द्रित रहन र स्वार्थ बाझिन सक्ने संभावना रोक्न आफ्नो व्यवसाय पूर्ण रुपमा छोड्ने घोषणा गरेका छन्।

डिसेम्बर महिनामा उनले आफ्ना छोराछोरी सहित योजनाको विस्तृत विवरण प्रेस सम्मेलन मार्फत दिने बताएका हुन् ।

राष्ट्रपति निर्वाचित ट्रम्पले सामाजिक सञ्जाल ट्वीट मार्फत उक्त घोषणा गरेका हुन्। ट्वीटमा भनिएको छ, ‘डिसेम्बर १५का दिन म न्यू योर्क शहरमा मेरा बच्चाहरु सहित ठूलो प्रेस सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सचालनमा म केन्द्रित रहन सकुँ र अमेरिकालाई फेरि महान बनाउन सकुँ।’

उनको व्यवसाय र राष्ट्रपतीय भूमिकाबीच बाझिन सक्ने स्वार्थका विषयलाई यस अघि भने उनले अस्वीकार गरेका थिए। यसैबीच गोल्डम्यान स्याक्सका कार्यकारी स्टेभन मनुशीनले आफुलाई अर्थ मन्त्रीका रुपमा रोजिएको पुष्टी गरेका छन्।

ट्रम्पका पूर्व अभियान वित्त निर्देशक मनुशीनले अर्बपति लगानीकर्ता विल्बर रसलाई वाणिज्य मन्त्रीका लागि रोजिएको बताए।

ट्रम्प र उनको संक्रमणकाल व्यवस्थापन समुहले नियुक्तिहरु पुष्टी गर्न बाँकी छ।
बरु ट्रम्पले बीस मिनेटको अवधीमा चारवटा ट्वीट गर्दै आफ्नो व्यवसायबाट आफु टाढा रहने योजनामा केन्द्रित विचार सार्वजनिक गरेका छन् ।

उनले भने, ‘कानुन अनुसार मैले त्यसो गरिरहनु त पर्दैन तर राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हो जस्तो लाग्यो ताकि मेरो स्वार्थ नबाझियोस्।’
व्यवसायबाट पूर्ण रुपमा बाहिर बस्न कानुनी दस्तावेजहरु तयार हुँदैछन्। राष्ट्रपति बन्नु अझ धेरै महत्वपूर्ण काम हो।’ उनलेभ नेका छन् ।

ज्यानवरी २० तारिख राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने ट्रम्पले न्यू योर्क टाइम्ससँगको कुराकानीमा दुइवटा क्षेत्रका आफ्ना दायित्वलाई छुट्याउनेबारे सोचिरहेको तर आफुले दुवैलाई एकसाथ राम्रोसँग सञ्चालन गर्न सक्ने विश्वास रहेको बताएका थिए। बिबिसीको सहयोगमा

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!