पल शाहको रिहाइको माग गर्दै माइतीघरमा हाम्रो टिम नेपालले आन्दोलन गर्ने — OSNepal

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा हाम्रो टिम नेपालले आन्दोलन गर्ने

LC (KTM) June 03, 2022 0

काठमाडौं:
पल शाहको रिहाइको माग गर्दै ‘हाम्रो टिम नेपाल’ ले आज माइतीघरमा आन्दोलनको शुरुवात गरेको छ । पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरे पछि यो निर्णय त्रुटिपूर्ण रहेकाले आन्दोलनमा उत्रिन लागेका हुन् ।

जसलाई पीडित भनिएको छ, उसले नै आफूमाथि ब लात्कार नभएको भनेर बयान दिइसकेपछि अझै पनि थुनामा राख्नु अन्यायपूर्ण भएको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।आन्दोलन निरन्तर अघि बढ्ने र भोली पनि माइतीघरमा प्रदर्शन गरिने पन्तले बताए ।

हाम्रो टिम नेपालले कपडा बैंक सञ्चालन गर्नेदेखि निस्शुल्क खाना वितरण गर्नेलगायतका काममा संलग्न रहँदै आएको छ । संस्थाको अभियानमा विगतमा पल शाह पनि जोडिएका थिए । उनले विभिन्न स्थानमा निस्शुल्क खाद्यान्न वितरणमा सहयोगसमेत गरेका थिए । त्यस्तै शाहले यो टिमसँगै मिलेर भिन्न स्थानमा निस्शुल्क खाद्यान्न वितरणमा सहयोगसमेत गरेका थिए ।पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी बनेका फ्यानहरु अहिले निराश बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर