इन्धन सकिएर ब्राजिलका फुटबल खेलाडी चढेको जहाज दुर्घटना भएको खुलासा

Posted By OS Nepal || Date: 1 December, 2016

Colombia Air Crash

एजेन्सीः विश्व फुटबल इतिहासमा एकसाथ दर्जनौ खेलाडीको निधन हुने गरी भएको विमान दुर्घटनाको रहस्य सार्वजनिक भएको छ । मंगलबार ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको खुलासा भएको हो ।

विमान चालकले बोलेको एक अडियोबाट यस्तो तथ्य सार्वजनिक भएको हो । लिक भएको अडियो रेकर्डिङ्गका अनुसकार विमानमा इन्धन सकिएको थियो । इन्धन अभावकै कारण जहाज दुर्घटना भएको यही अडियो रेकर्डिङबाट पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्राप्त अडियो रेकर्डिङ्गमा पाइलटले बारम्बार इन्धन सकिएका कारण विमान अवतरणका लागि स्वीकृति मागेका थिए । यद्यपी उनले विमान अवतरणका लागि समयमा स्वीकृति नपाउदा विमान दुर्घटना परेको समेत अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यममा एयर ट्राफिक टावरबाट प्राप्त भएको टेपमा ति पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको बताएको सार्वजनिक भएको हो ।

दुर्घटना हुनुअघि पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो । टेपमा पाइलटले इन्धन सकिएको चेतावनी दिएका थिए । इन्धन अभावका कारण दुर्घटनापछि विमान विस्फोट नहुँनु समते इन्धन अभावको कारण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तो तथ्य सार्वजनिक भएको कोलम्बियन सुरक्षा अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । ८१ जना सवार विमान कोलम्बियामा मंगलबार दुर्घटना भएको थियो । दुर्घटनामा १९ खेलाडी र २० पत्रकारसहित अन्य यात्रु र चालक दलका सदस्यले ज्यान गुमाएका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!