मुलुकमा अहिले वामपन्थी एकताको आवश्यकता छ : झलनाथ — OSNepal

मुलुकमा अहिले वामपन्थी एकताको आवश्यकता छ : झलनाथ

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको औँल्याएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी अहिले मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको औंल्याएका हुन् ।

नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको दुखेसो पोखेका नेता खनालले मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक रहेको स्पष्ट पारेका हुन् ।

‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो रु यसको ऐतिहासिकता के हो रु भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’ खनालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर