भदौरे पञ्चासे महोत्सव पुसको पहिलो हप्ता

Posted By OS Nepal || Date: 1 December, 2016

पोखरा, १६ मङ्सिर । कास्कीको भदौरे तमागी गाविसमा पुसको पहिलो हप्तामा तमु ल्होसार भदौरे पञ्चासे महोत्सवको आयोजना गरिने भएको छ । भदौरे क्लबको आयोजनामा यही पुस ५ देखि १० गतेसम्म हुने सो महोत्सवमा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम हुने क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभएको छ ।

अध्यक्ष गुरुङका अनुसार महोत्सवमा फुटबल, भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिता, घँैटो फुटाउने, ठेलो, रस्साकसी, महिला मेच घुमाइ प्रतियोगितालगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुनेछन् ।

महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद रु ४४ हजार चारसय ४४ र उपविजेता टोलीले नगद रु ३३ हजार तीनसय ३३ का साथमा कप, मेडल तथा प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कृत गरिने खेलका संयोजक सन्तोष गुरुङले बताउनुभयो । त्यस्तै, भलिबल प्रतियोगितातर्फ प्रथमलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार तथा ट्रफी तथा मेडल दिइनेछ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!