अखिल नेपाल महिला सङ्घ सङ्घ बैतडीमा भट्टराई

Posted By OS Nepal || Date: 1 December, 2016

बैतडी, १६ मङ्सिर । नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल महिला सङ्घ बैतडीको पाचाँै जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले दुरा भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।समितिको उपाध्यक्षमा चन्द्रा लुहार र पार्वती भट्ट, सचिवमा सरस्वती नेपाली, कोषाध्यक्षमा चन्द्रकला साउदलगायत अन्य सदस्य रहेका छन् ।

अखिल नेपाल महिला सङ्घको अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि बसेको पहिलो बैठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । महिलामाथि हुने हिंसा रोक्नका लागि अखिल नेपाल महिला सङ्घले डटेर लाग्ने निर्णय गरेको नेकपा (एमाले) बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

अधिवेशनमा अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिवालय सदस्य माया भट्ट, एमाले केन्द्रीय सदस्य पुरनसिंह दयाल लगायतको सहभागिता रहेको थियो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!