मंसिर अन्तिमदेखि ट्याक्सी चढ्दा बिल पाइने

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौं , मंसिर १६ – भाडाका ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवस्था लागू हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले मिटर ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली लागू गर्न गत भदौ २३ गते निर्देशन दिएका थिए । त्यही निर्देशनअनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागले मंसिर अन्तिमदेखि ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवसथ परीक्षणका रुपमा लागू गर्ने योजना बनाएको आजको कारोबार दैनिकममा समाचार छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा परीक्षकका रुपमा लागू गरिने र त्यसपश्चात क्रमिक रुपमा देशभर लागू गर्ने योजना रहेको बताए । मंसिर अन्तिमदेखि उपत्यकामा ट्याक्सी चढेपछि उपभोक्ताले प्रिन्टेड बिल पाउने वातावरण बन्ने विभागले जनाएको छ ।

कम्प्युटर विल पाउने भएपछि उपभोक्तालाई आपू ठगिएको लागेमा ट्राफिक प्रहरीमा उक्त विलका आधारमा उजुरी गर्न सकिने छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!