घरेलु मैदानमै अर्सनल २-० ले पराजित

Posted By OS Nepal || Date: 1 December, 2016

the_dutchman_s_delight_is_for_all_to_see_as_his_saints_team_mate-aकाठमाडौंः अर्सनललाई घरेलु मैदानमै निरास पार्दै साउथह्याप्टन इएफएल (लिग कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार रातिको खेलमा आफ्नै मैदानमा अर्सनल निरास भएको हो । साउथह्यामप्टनले खेल समय अवधिभर दबाबमा राखेर आर्सनललाई २–० ले हराएरको हो ।

अर्सनललाई हराउनको साउथह्यामप्टनले खेलको १३ औं मिनेटमा जोर्डी क्लासीको गोलबाट अग्रता लिउको थियो ।

त्यस्तै पहिलो हाफमै अर्सनलमाथि आक्रमक रुपमा प्रस्तुत भएको साउथह्यामप्टनले खेलको पहिलो हाफमै अर्को गोल गरेको थियो ।

रायन बर्ट्रेन्डले ३८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक बन्यो । पराजित हुनुमा आफ्ना महत्वपूर्ण खेलाडी मैदान बाहिर रहनु प्रमुख कारण भएको अर्सनलका अफिसियलले बताएका छन् ।

बुधबार रातीको खेलमा आर्सनलका एलेक्स सान्चेज, थियो वालकोट, ओलिभर जिरउड तथा मेसुट ओजिल मैदानमा थिएनन् ।

बुधबार रातीको खेलमा आरोन रामसी, एलेक्स आवोबी र मोहम्मद एलनेनी आर्सनल मात्र टिममा सहभागी थिए । साउथह्यामप्टनले आर्सनलको मैदानमा भएका २३ खेलमा एकमा मात्रै जित निकालेको इतिहास छ ।

अर्सनललाई हराएसँगै साउथह्यामप्टनले दुई दशकअघिको इतिहास तोडेको छ । साउथह्यामप्टन सन् १९८७ यता पहिलो पटक इएफएल कपको सेमिफाइनलमा पुगेको हो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!