युलियालाई उछिन्दै एमी ज्याक्सनले सलमानसँग यस्तो अपेक्षा राखेपछि…

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौं , मंसिर १६ – रजनीकान्तको फिल्म ‘२.०’को ‘फस्र्ट लुक लन्च’मा बलिउड अभिनेता सलमान खान पुगेपछि विभिन्न अनुमान गर्न थालिए । निमन्त्रणाविना कार्यक्रममा पुगेका सलमान त्यहाँ जानुको कारण अभिनेत्री एमी ज्याक्सन हुन् भन्ने व्यापक चर्चा भयो । तर, चर्चा यतिमै सीमित भएन ।
रोमानियाकी गर्लफ्रेन्ड युलिया वन्तुरसँग सलमानको ब्रेकअप भएको र एमीसँग सम्बन्ध सुरु भएको अड्कलसमेत गर्न भ्याइयो । यही अड्कलका कारण बलिउडमा केही दिन नयाँ तरंग उत्पन्न भयो ।
तर, अब यो हल्ला मात्र हो भन्ने पुष्टि एमीले नै गरिदिएकी छिन् । उनले भनिन्, ‘सलमानसँग डेट गर्न नचाहने को हुन्छ र ? सबैजना सलमानसँग डेट गर्न चाहन्छन् । तर, अहिले म सिंगल छु, एक्लै खुसी छु ।
म त सलमान खानसँग काम गर्न चाहन्छु, उनी मेरो लिस्टको टपमा छन् ।’ तर, यता बलिउडमा सोहेल खानको फिल्म ‘फ्रिकी अली’को प्रमोसनमा सलमान र एमीको भेट भएको र उनीहरूबीच सम्बन्ध निकै अगाडि बढेको चर्चा चल्न छाडेको छैन ।नयाँ पत्रिकाले छापेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!