३५ सय स्क्रिनमा साहरुख खानको रइसको ट्रेलर

Posted By OS Nepal || Date: 1 December, 2016

saruk-1काठमाडौं , मंसिर १६- साहरुख खानको चर्चित फिल्म ‘रइस’को ट्रेलर ७ डिसेम्बरमा सार्वजनिक गरिँदै छ । अघिल्लो फिल्म ‘दिलवाले’बाट उतिसाह्रो सफलता हात नपरेकोमा चिन्तित साहरुखले रइसको ट्रेलर एकसाथ भारतका ३५ सयभन्दा बढी स्क्रिनमा देखाउने तयारी गरेका छन् ।
भारतका हरेक सहरका सिनेमा हलमा रइसको ट्रेलर पुगोस् भन्ने चाहना साहरुखको छ । त्यसैले उनले पहिलोपटक त्यति धेरै हलमा एकसाथ ट्रेलर देखाउँदै छन् । ट्रेलर सार्वजनिकका साथै भिडियो कन्फ्रेन्समार्फत भारतका नौ सहरमा दर्शकका साथ साक्षात्कार गर्ने योजना पनि साहरुखको छ ।

राहुल ढोलकियाको निर्देशनमा बनेको रइस २६ जनवरीमा प्रदर्शन हुनेछ । फिल्ममा साहरुखका साथै माहिरा खान र नवाजुद्धिन सिद्धिकी प्रमुख भूमिकामा छन् ।नयाँ पत्रिकाले छापेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!