थारु वडघर प्रथाको संरक्षणमा चिन्ता व्यक्त

Posted By OSNepal, California, USA || Date: 1 December, 2016

बर्दिया, १६ मङ्सिर । बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालले बुधबार आयोजना गरेको ‘दिगो स्थानीय विकासमा थारू प्रथाजनित सङ्गठनको भूमिकाः सम्भावना र चुनौती’ विषयक एक अन्तरक्रिया कार्यक्रममा पाँचहजार वर्ष पुरानो वडघर प्रथाको संरक्षण हुनुपर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।tharu

गाउँमा वडघरले थारू संस्कृतिअनुसार गाउँमा वेठवेगारी, विकास निर्माणको काम गर्दा पनि सरकारी संरचनामा वडघर चेपुवामा परेको र दासका रुपमा प्रयोग भइरहेकाले तथा सरकारी संरचनामा थारू पहिचान नरहेकाले थारू वडघरको पहिचान हुनुपर्ने माग गर्दै राज्यको पुनःसंरचनामा वडघरको पहिचान हुनुपर्ने माग जिल्ला वडघर महासङ्घका अध्यक्ष रामशाही चौधरीले गर्नुभयो ।

स्थानीय सरकारी निकाय र थारूप्रथाजनित सङ्गठन वडघर, नयाँ संरचनामा थारू वडघर तथा भल्मन्साले थारूको थनुवा (मन्दिर) मर्मत गरेर आफ्ना देवीदेउता तथा हात्तीघोडाका मूर्तिहरुको दिगो संरक्षणमा लागेको जिल्ला वडघर महासङ्घका अध्यक्ष चौधरीले बताउनुभयो ।

अन्तरक्रियामा स्थानीय सरकारी निकायमा दिगो विकासका लागि थारू प्रथाजनित सङ्गठनको भूमिकाका सकारात्मक पक्ष र सुधारात्मक पक्षको विषयमा गहन छलफल सरोकारवालाले गाउँका वडघर, जिल्ला विकास समिति र गाउँका अगुवासँग गरेको कमैया महिला जागरण सङ्घ नेपालका अध्यक्ष कृष्णी थारूले वताउनुभयो । रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!