बिहीबार बिहानैबाट प्रदर्शनः तराई भारतमा गाभ्ने प्रयास भएको आरोप

Posted By OS Nepal || Date: 1 December, 2016

pradarsan-ktthmanduकाठमाडौंः सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावका विरुद्ध राजधानीको प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रदर्शन भएको छ ।

एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीको अगुवाईमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले देश टुक्राउने नियतसहित संविधान संसोधन प्रस्ताव अघि बढेको बताउँदै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।

अखिल सचिव पराजुलीले नेपालको तराई क्षेत्रलाई भारतमा गाभ्ने इन्दिरा गान्धिको पुर्व योजना अनुसार अहिले संविधान संसोधन प्रस्ताव अघि बढेको आरोप लगाए ।

उनले स्वाभिमानी नेपालीका लागि संविधान संसोधन प्रस्ताव अस्विकार्य रहेको बताउँदै आम नागरिकले स्वतस्फुर्तरुपमा आन्दोलनमा सहभागीता जनाइरहेको पनि बताए ।

अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले लुम्बिनीलाई पहाडी भुगोलसँग छुट्याएर वुद्धभूमिमाथी भारतले गिद्धे दृष्टि लगाएको अरोप लगाए ।

उनले जनतालाई फरक फरक कित्तामा छुट्याएर राष्ट्रियता बलियो नहुने बताउँदै हिमाल पहाड र तराईको अक्षुण सम्बन्धलाई बिगार्न वर्तमान सत्ता गठबन्धन लागि परेको पनि उल्लेख गरे ।

प्रदर्शनकारीहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै भारततिरै जान आग्रह गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!