एसिया कप क्रिकेट : थाइल्याण्डलाई हराउँदै खाता खोल्ने लक्ष्य सहित नेपालले गर्यो मैदान प्रवेश

Posted By OS Nepal || Date: 1 December, 2016

 काठमाडौं, मंसिर १६ – काठमाडौं, मंसिर १६ – एसिसी महिला एसिया कप क्रिकेटमा अहिले नेपालले थाइल्याण्डसँग मैदानी भिडन्त गरिरहेको छ ।

बिहान पौने ९ बजेदेखि सुरु भएको खेलमा नेपालले टस जितेर अहिले ब्याटीगं गरिहेको छ ।

ताजा अवस्थामा यो समाचार तयार पार्दा सम्म नेपालले ६ ओभर खेल्दै २३ रन जोडेको छ ।

यसअघि नै शक्तिशाली देशसँग खेलिसकेकाले दुवै टोलीले ३ खेलमा पराजय बेहोरीसेका छन् भने आजका लागी दुवै देशका लागी जित निकाल्ने मौका हुनेछ । अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टिम देखिएको छ ।

तर बिहीबार जित निकाल्दै केही राहत मसुस गर्ने मौका भने छ । गएको महिना बैंककमै भएको विश्वकप छनौट महिला क्रिकेटमा नेपाल थाइल्याण्डसँग भएका दुई खेलमा तीन र एक विकेटले पराजित भएको थियो ।

३ खेलको समाप्तिमा अंक विहिन रहेको नेपाल तालीकाको पुछारमा छ भने आयोजक  थाइल्याण्ड रन रेटका आधारमा नेपालभन्दा एक स्थान माथी  छ ।

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!