‘बी’ डिभिजन क्लबले नै बार्सिलोनालाई बराबरीमा रोकेपछि..

Posted By OS Nepal || Date: 1 December, 2016

footballएजेन्सीः एउटा बी डिभिजन क्लबले विश्वकै चर्चित स्टार खेलाडी भएको भनेर चिनिने बार्सिलोनालाई बराबरीमा रोकेपछि फुटबल क्षेत्रमा चर्चा बढेको छ ।

बुधबार राति भएको एक खेलमा बार्सिलोनालाई दोस्रो श्रेणीको क्लब हर्कुलसले १–१ गोलको बराबरीमा रोकेपछि खेल क्षेत्रमा यो विषयले चर्चा पाएको हो ।

गत सिजनको विजेता बार्सिलोनालाई स्तब्ध पार्दे डेभिड मेन्जले दोस्रो हाफको ५२ मिनेटमा सुरुवाती गोल गरेका थिए।

बार्सिलोनामाथि विजय यात्रा सुरु गरेको हर्कुलसले विजयलाई धेरै समय भने टिकाउन सकेन । बार्सिलोनाका युवा खेलाडी कार्लेस एलेनाले ५८ मिनेटमा गोल फर्काउदै बार्सिलोनालाई बराबरीमा फर्काए ।

यद्यपी उक्त प्रतिस्पर्धामा बार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, नेइमार र लुइस सुआरेज सहभागी थिएनन् । कोपा डेल रे कपको पहिलो लेगको खेलमा बार्सिलोनाले आउँदो शनिवार लिगको शीर्षस्थानमा रहेको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग खेल्दैछ। ‘

शनिबार अल क्लासिको’ भिडन्तका लागि बार्सिलोनाले आफ्ना तीन जनै स्टार खेलाडीलाई विश्राम दिएको हो। स्पेनिस ला लिगामा रियल ६ अंकले बार्सिलोनाभन्दा अगाडि छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!