प्रदेश नम्बर ५ मा बिहानैदेखि प्रदर्शनः जिल्ला बन्द घोषणाले जनजीवन प्रभावित

Posted By OS Nepal || Date: 1 December, 2016

fireकाठमाडौंः सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा ५ नम्बर प्रदेशका विभन्न जिल्लामा बिहीबार बिहानैबाट प्रदर्शन सुरु भएको छ।

५ नम्बर प्रदेशका जिल्ला टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवल, रुपन्देही, भैरहवा, पाल्पालगायतका जिल्ला विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका कारण ति जिल्ला भएर गुड्ने सवारी साधन अलपत्र परेका छन् भने जनजीवन प्रभावित भएको छ ।

रुपन्देहीमा आन्दोलनमा उत्रिएका सर्वसाधारणले अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेलगायत विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन सँगै स्थानीय बासी सडकमा उत्रिएका छन् ।

बिहीबार बिहानैदेखिको प्रदर्शनका कारण बुटवलको राजमार्ग चौराह, मिलनचौक बसपार्क ,पुष्पलाल पार्क लगायतका क्षेत्र तनाव ग्रस्त बनेका छन् । उक्त क्षेत्रमा सर्वसाधारण सडकमा उत्रिएर संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।

प्रदेश नम्बर ५ का विभिन्न जिल्ला बन्द हुँदा पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत सवारीचलेका छैनन् ।

जिल्ला टुक्रिने त्रासले उद्योग व्यवसायी समेत आन्दोलनमा उत्रिएका छन् । बन्दमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारीक संघसस्थाहरु पनि आन्दोलनमा जुटेका छन् ।

त्यस्तै पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान लगायतका जिल्लामा समेत प्रदर्शन भइराखेको छ । संविधान संशोधन विधेयक भारतीय स्वार्थमा आएको भन्दै पाल्पाका सर्वसाधारण यातायात बन्द गराएर सडकमा उत्रिएका छन् ।

राजधानीमा समेत बिहीबार बिहानै बाट एमाले निकट विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन जारी राखेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!