यसवर्षको नारायण गोपाल सम्मान गायिका मीरा र ज्ञानुलाई दिइने

Posted By OS Nepal || Date: 1 December, 2016

narayan_gopalकाठमाडौँ, १६ मङ्सिर । नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।

उक्त सम्मानस्वरुप नगद रु २५-२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आउनुभएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।

गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिए । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएका छन् ।

नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!