डा गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि प्रचण्डले गगनलाई यसो भने


काठमाडौं, मंसिर १६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्री गगन थापा र शिक्षा मन्त्री धनिराम पौडेललाई त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा। गोविन्द केसीको अनसन तोडाउनै पर्नेमा जोड दिएका छन् ।

उनीहरुले डा. केसीको अनसन तोडाउने र माग सम्बोधन गर्नेबारे छलफल गरेको बताइएको छ । सरकारी पक्ष र डा केसी पक्षकावीचमा केही दिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि त्यसको निकास निकाल्नका लागी पनि स्वास्थ्य मन्त्री थापा र शिक्षा मन्त्री पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

छलफलपछि मन्त्री पौडेल र स्वास्थ्य मन्त्री थापालाई प्रचण्डले सोही अनुरुप गर्न निर्देशन दिएका थिए ।

Comment