प्रदेश राजनीति : आफ्नै गृहजिल्लामा अर्थमन्त्री महरालाई यसरी गरियो घेराबन्दी

Posted By OS Nepal || Date: 1 December, 2016

प्यूठान, १६ मङ्सिर –  पारिवारिक कार्यका कारण एक्कासि रोल्पा पुग्नुभएका उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा दुवै जिल्लाको संयुक्त प्रदर्शनलाई सम्बोधन नगरी राजधानी फर्कनुभएको छ ।

रोल्पा र प्यूठानले मन्त्री महरालाई आज हुने प्रदर्शनलाई सम्बोधन गर्न आग्रह गरेपनि उहाँ राजधानी फर्कनुभएको हो । राजधानी फर्कनका लागि रोल्पावाट प्यूठानको भिङ्गृ आउनुभएका मन्त्री महरालाई स्थानीयवासीले अवरोध गरेपनि होलेरीको बाटो हँुदै दाङ जाने प्रयास गर्नुभएको थियो ।

सो सडकमा पनि रोल्पाका स्थानीयवासीले अवरोध गरेपछि मन्त्री महरा बुधबार राति रोल्पा हुँदै सल्यानको कपुरकोटबाट दाङ हुँदै राजधानी गएको रोल्पाका पत्रकार दिनेश सुवेदीले जानकारी दिनुभयो । दुवै जिल्लाका स्थानीयवासीले मन्त्री महराले संविधान संशोधनका बारेमा हालसम्म नबोलेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!