सिमानामा राजनीति : पाल्पा बन्दको घोषणा

Posted By OS Nepal || Date: 1 December, 2016

पाल्पा, १६ मङ्सिर । सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप आज जिल्ला बन्द आह्वान गरिएको छ ।

पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले, अखिल नेपाल युवक सङ्घ पाल्पाका प्रतिनिधि लक्ष्मण गौतम, नेपाल विद्यार्थी सङ्घका सभापति कृष्णबहादुर आले, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष प्रेम बगाले, अखिल छैटौँका अध्यक्ष पुरन पोखरेल, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति हरिबोल भट्टराईद्वारा संयुक्त रुपमा विज्ञप्ति निकालेर आज पाल्पा बन्द गरिएको हो ।

सरकारले मङ्गलबार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गराएको मस्यौदामा प्रदेश नं ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न प्रस्ताव गरी सीमाङ्कन हेरफेर गरेको बिरुद्धमा पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् ।

बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, यातायातका साधन बिहानैदेखि ठप्प छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!