तेलको मूल्य बढ्यो

Posted By OS Nepal || Date: 1 December, 2016

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । कच्चा तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन ओपेकले उत्पादन घटाउने सहमति गरेसँगै मूल्य बढेको हो । अष्ट्रियाको भियनामा ओपेकको बैठकपछि कच्चा तेलको उत्पादनमा कमी गर्ने घोषणा गरिएलगत्तै मूल्यमा ८ प्रतिशत भन्दा धेरैले बृद्धि भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अलसदाले प्रतिदिन कच्चा तेलको उत्पादनमा १२ लाख ब्यारेल कम गरिने बताएका छन् ।

यो निर्णय आगामी जनवरीबाट लागू हुनेछ । यो कटौती सदस्य देशको कूल तेल उत्पादनको झण्डै ३ प्रतिशत हो । यो निर्णय लागू भएपछि कच्चा तेलको उत्पादन ३ सय २५ लाख ब्यारेल प्रतिदिन रहनेछ । ८ बर्षको अवधिमा पहिलो पटक तेलको मूल्य बढ्ने अपेक्षासहित ओपेकले यो सहमती जुटाएको थियो ।

दुई बर्षको अवधिमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलरभन्दा तल झरेको थियो । ओपेक अध्यक्ष अलसदाले महत्वपूर्ण गैर—ओपेक देश पनि यो सहमतीको पक्षमा रहेको र उनीहरुले पनि आफ्नो उत्पादन कम गर्ने योजना बनारहेको बताए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!