शिक्षा र स्वास्थ्य मन्त्रीलाई प्रचण्डकाे निर्देशन

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न आज शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिनुभएको छ । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उहाँले सो निर्देशन दिनुभएको हो । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिनुभएको हो ।govinda-kc

सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताउनुभयो । यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!